लोकतन्त्रले छोएन हर्कमायालाई

गोपाल बराइली
वैसाख १२,काठमाडौं –काठमाडौंको थापाथलीमा बस्ने हर्कमाया तामाङ उनी आज भन्दा ठीक आठ वर्षअघि अर्थात् २०६३ बैशाख १० गतेका दिन जानी नजानी लोकतन्त्र जिन्दावाद भन्दै सडकमा दौडिएकी थिइन् । त्यो दिन उनलाई सपना जस्तै लाग्न थालेको छ । उनी गरिव परिवारकी भए पनि त्यसबेला बनीबुतो गर्ने ठाउा नै बन्द भएपछि केही पाइएला कि भनेर उनी झण्डै एक हप्तासम्म लोकतन्त्र प्राप्तिको आन्दोलनमा लागिन् ।
जनआन्दोलन शुरु हुनअघिसम्म बनिबुतो गरेरै जीविको चलाउाथिन् । १९ दिने जनआन्दोलनपछि नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । दुई पटक संविधानसभाको निर्वाचन भयो तर उले त्यसको महसुस नै गर्न पाएकी छैनन् । अहिले त उनलाई लोकतन्त्र भनेको के हो भन्ने पनि थाहा छैन । ‘त्यतिबेला त सबै आन्दोलनमा गए, रमाइलो लागेर म नि गएको हुा’ उनले भनिन् । ‘लोकतन्त्र आएर के भो र ? काम नगरी हुन्न रहेछ’ उनले यसरी नै दु:खेसो पोखिन् ।
प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी काठमाडौंको रातोपुलमा मकै बेच्न बसेका ६४ वर्षीय हर्कबहादुर राउत पनि जनआन्दोलनका बेला आन्दोलनमा लागेका थिए । उनले पनि त्यसबेला जिन्दाबाद र मुर्दाबादको नारा लगाएका थिए तर त्यसको आठ वर्षपछि उनलाई त्यसबेलाको सम्झना मात्र छ । उनलनई त मकै बेच् मात्र हतार मात्र छ । उनको ध्यान बाटोमा को आयो र को गयो भन्दा पनि कसरी धेरै मकै बिक्ला भन्ने चिन्ता छ उनलाई । उनले मकै बेचेर जीविकोपार्जन गर्नुपर्छ । एक दिन मात्र मकै बिक्रि भएन भने उनका परिवारले भोकै बस्नुपर्छ । छााक टार्न उनले न झरी भन्न पाएकी छन् न त, चर्काे घाम । उनलाई न परिवर्तनसाग मतलव छ न त केही होला भन्ने आस छ ।
यी त प्रतिनिधि पात्र मात्रै हुन् । कयौं जनता छन्, जो लोकतन्त्रका लागि मरिहत्ते गरेर लागे । तर आज पीडा, महंगी, अभाव, अन्धकार, हाहाकारबाहेक जनताले केही पाएका छैनन् । आठ वर्षको अवधी सीमित व्यक्तिका लागि मनपरी तन्त्र आएको छ ।
आज उनीहरुको हातमा केही छैन । लोकतन्त्र स्थापनाका लागि नेपाली जनताले १९ दिनसम्म भोक, प्यास र जिउ ज्यानको वाजी थापेर आन्दोलनमा होमिएका थिए तर लोकतन्त्र आएको आठ वर्ष लाग्दा पनि जनताले केही पाएका छैनन् । जनताका लागि त लोकतन्त्र कागलाई बेल पाक्यो हर्ष न बिष्मत झै  भएको छ । जनताले न यो अवधीमा लोकतन्त्र आएको महसुस गर्न पाएका छन् न केही राहत नै पाएका छन् ।
लोकतन्त्र आएपछि ६ पटक त सरकार नै परिवर्तन भइसक्यो । वारम्वार सरकार परिवर्तन गर्ने संस्कार बसेपछि लोकतन्त्रै अफाव हो कि भन्ने भान पनि पर्न थालेको छ । मानवअधिकाकर्मी चरण प्रसाईका बिचारमा राजनीतिक दलहरुमा भएको घमण्डीपनका लागि लोकतनत्रको भविश्य नै खतरामा परेको छ । ‘जनताले राजतन्त्र फयाकेर पनि राजतन्त्रात्मक व्यवस्था र गणतन्त्रात्मक व्यवस्थामा कुनै भिन्नता पाएनन्’, उनले भने ‘यस्तै हो भने गणतन्त्र नै खोसिन सक्छ ।’
१९ दिने आन्लोलनका बेला लाखौं जनता सडकमा ओइरिएका थिए तर पछिल्ला दिनहरुमा जनतामा निरासा छाएको छ । जनआन्दोलनमा मरिहत्ते गरेर लाग्नेहरु रोजगारी र शानित सुरक्षा नपाएपछि विदेश पलायन भइसकेका छन् । जनआन्दोलनका हस्ति भनिएका एकाध व्यक्तिहरुबाहेक रामकुमारी झाक्रीदेखि रुविन गन्धर्वहरु ओझेलमा पारिएका छन् । कतिपयलाई त लोकतन्त्र शब्द सुन्न पनि मन लाग्न छाडेको छ । प्राध्यापक कृष्ण खनाल लोकतन्त्रको कुरा गरेर कार्टुन बन्नुभन्दा कुरै गर्न नचाहने बताउाछन् ।
हुन पनि लोकतन्त्र लाटाको धोती बनेको छ । लोकतन्त्रका नाममा ब्रह्मलुट गर्नेहरु सर्वेसर्वा भएका छन् । संविधान बनाउने नाममा अर्बाैको नोक्सानी गरियो । देश विदेशीहरुको प्रयोगशाला बनाइएको छ । तैपनि राजनीतिक दलका नेतृत्वहरुले अझै लोकतन्त्रको भजन गाइरहेका छन् ।