आइपिएल युएईमा जारी

एजेन्सी–इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आजपनि एउटामात्रै खेल हुने भएको छ । सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ८ बजेपछि सुरु हुने खेलमा मुहाली र हैदराबाद भिड्ने भएका छन् । जारी प्रतियोगितामा सत प्रतिशत नतीजा आत्मसाथ गरेको मुहाली ४ अंक सहित दोस्रो स्थानमा छ भने हैदराबादले अंकको खाता खोल्न सकेको छैन । आजको खेलमा मुहाली विजयी भए शीर्ष स्थानमा उक्लने छ । गएराति भएको खेलमा चेन्नाई सुपर किङ्सले दिल्ली डेयर डेभिल्सलाई ९३ रनले पराजित गरेको थियो । म्यानचेष्टर सिटी विजयी म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको लिग लिडर लिभरपुलसागको अंक दुरी ६ मा झारेको छ । गएराति भएको खेलमा वेष्टब्रोमलाई ३–१ ले पराजित गर्दै सिटीले लिभरपुलमाथिको दबाव कायमै राखेको हो । लिभरपुल ३५ खेलबाट ८० अंकका साथ शीर्ष स्थानमा छ र उसलाई उपाधिका लागि अब ७ अंक चाहिएको छ । दोस्रो स्थानमा रहेको चेल्सीको ७५ अंक छ भने चार खेल्न खेल बााकी सिटी ७४ अंकका साथ तेस्रो स्थानमा छ । सिटीले तेस्रो मिनेटमा नै जाबालेटाको गोलबाट अग्रता लिएको थियो । १० औं मिनेटमा एग्युरोले अग्रता दोब्बर पारे । खेलको १६ औं वेष्टब्रोमका मिनेटमा डोरेनले गोल गर्दै सिटीको अग्रता २–मा झारे । तर, ३६ मिनेटमा डिमिकेलसले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए ।