सूर्य नेपाल गल्फ टुर सुरु हुदै

वैसाख ९,काठमाडौ–सूर्य नेपाल गल्फ टुर सुरु हुदै यस सिजनको सूर्य नेपाल गल्फ टुर आजदेखि काठमाडौमा सुरुहुदै छ । ५ दिनसम्म काठमाडौंको गोकर्ण गल्फ कोर्समा हुने छ । आज पहिलो दिन सूर्य नेपाल प्रो एम हुनेछ भने भोली देखि ४ दिनसम्म मुख्य व्यवसायिक प्रतिष्पर्धा हुनेछ । यसपटक सूर्य नेपाल मास्टर्स गल्फमा नेपालका ३३ व्यवसायिक र ७ एमेच्योरसहित भारत, श्रीलंका र बंगलादेशका ८६ व्यवसायिक गल्फरहरुले प्रतिष्पर्धा गर्नेछन । भारतीय व्यवसायिक गल्फ टुर पीजीटीआइको समेत स्वीकृति प्राप्त यो प्रतियोगिता नेपालको सर्वाधिक महंगो व्यवसायिक गल्फ प्रतियोगिता हो । सूर्य नेपाल मास्टर्स गल्फको यो संस्करण विजेताले ७ लाख ७५ हजार ९ सय २० रुपैयाा पुरस्कार प्राप्त गर्नेछ भने कुल पुरस्कार राशी ४८ लाख रुपैयाा रहेको छ ।