वैसाख ९, एजेन्सी–सुडान दक्षिणी सुडानको बेन्टीयुमा विद्रोही समूहले एक जातीय समूहका सयौं व्यक्तिको हत्या गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार गत हप्ता बिद्रोहीले नियन्त्रणमा लिएको एक जातीय समूदायका सयौं व्यक्तिको हत्या गरेको हो । प्राकृतिक तेलको खानी रहेको बेन्टीयु क्षेत्रमा रहेका अस्पताल, मस्जिद र चर्चबाट बिद्रोही समूहले सर्वसाधारणलाई नियन्त्रणमा लिएको थियो । दक्षिणी सुडानमा रहेको संयुक्त राष्ट्र संघको मिसनले त्यहाा बिद्रोह गरिरहेको समूहले स्थानीय रेडियो नियन्त्रणमा लिई स्थानीयलाई बेन्टीयु जान र पुरुषहरुलाई महिलामाथि बलात्कार गर्न निर्देशन दिएको थियो । स्थानीयमाथि धावा बोल्ने समूह बिद्रोही नेता रिएक मचारका समर्थक रहेको अनुमान गरिएको छ । सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व उपराष्ट्रपति रिएक मचारबिच युद्ध चलिरहेको छ । यी दुवै नेताका आ–आफ्ना समूह स्थानीय स्तरदेखि राष्ट्रिय सम्म लडाईगरिरहेका छन् ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ