विद्युतीय मेसिनबाट मतदान हुने सविधानसभा उप निर्वाचन

वैसाख ९, काठमाडौ–आयोगले आगामी असार ८ गते हुने संविधानसभाको उप निर्वाचनका बेला विद्युतिय मेसिनबाट मतदान गराउने तयारी गरेको छ । मंसिर ४ गते भएको संविधानसभा निर्वाचनका बेलानै विद्युतिय मेसिनबाट मतदान गराउने तयारी गरिएपनि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको सूची लामै भएपछि हटाइएको थियो । तर यस पटक प्रत्यक्ष तर्फको मात्रै निर्वाचन हुने भएकाले यो मेसिन लागु गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ । उक्त मेसिनमा ६६ जना सम्म उम्मेदवारलाई मतदान गर्न सकिने व्यवस्था छ । विद्युतिय मेसिन नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्ने निर्वाचनका बेला प्रयोग गरिएको थियो । यस्तै निर्वाचन आयोगले उप निर्वाचन हुने क्षेत्रमा फेरि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । केही दिनमै उप निर्वाचन हुने देशका ४ वटै क्षेत्रमा फोटो सहितको मतदाता नामावली संकलन सुरुहुने आयोगले जनाएको छ । मंसिर चारगते भएको चुनावमा २ ठाउबाट निर्वाचित उम्मेदवारहरुले एक ठाउा छोडेपछि उप निर्वाचन हुन लागेको हो ।