जिल्लाको पर्यटकीय गन्तव्य नलाङ

वैसाख ९, काठमाडौ–दुई महिना अघिदेखि नलाङ गाविसमा कृषि पर्यटनको सम्भाव्यता अध्ययन गरिरहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा तारानाथ पाण्डेले नलाङमा कृषि तथा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।
जिल्लामा दुइ महिनादेखि गरिएको अध्ययनबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले नलाङ जिल्लाको अर्को पर्यटन गन्तब्य हुने र यहाा बहुपर्यटनको सम्भावना रहेको उल्लेख गरे ।
पर्यटन मन्त्रालयबाट यस वर्ष धादिङ जिल्लाका नलाङ, मैदी, धुषा, र गजुरी गाविसमा कृषि तथा पर्यटनको सम्भाव्यता अध्ययन गर्न लागिएको कार्यक्रममा जानकारी गराइएको थियो । नलाङको बैरेनीमा गाईपालन, तारनलाङमा बाख्रापालन, मौरीपालन गर्न सकिने र पात्लेको गुरुङगााउमा गुरुङ संस्कृतिसहितको होमस्टेको लागि प्रचुर सम्भावना रहेको डा. पाण्डेले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ धादिङका अध्यक्ष कल्पना अधिकारीले व्यापार कृषि र उद्योगका साथै पर्यटन विकासमा जोड दिनुपर्ने धारणा राखे । समुदाय स्तरमा पर्यटकलाई राख्नको लागि र स्थानीय जनताको जनस्तर माथि उठाउनको लागि नलाङका सम्भावित क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइनुपर्ने विज्ञको सुझाव छ ।