संविधानसभा समितिका सभापति र २६ जना सभासद चयन गर्न तीन दल बैठक बस्ने तयारी

वैसाख ९, काठमाडौ– संविधानसभाका विभिन्न पााचवटा समितिको सभापति चयन र २६ जना मनोनितका बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने तयारी भएको छ । संसद् सचिवालयले समितिको सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि प्रमुख दलका नेताहरु समिति सभापति चयनका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठकको तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । कांग्रेस, एमाले र एमाओवादीले प्रमुख तीन समितिमा एक/एक शीर्ष नेताले नेतृत्व गर्ने र बााकी दुई समितिमा मधेशवादी र साना दललाई दिने आन्तरिक तयारी गरेपछि राप्रपा नेपालले भने सहमतिमा आफुहरुले सभापति नपाए पााचवटै समितिमा नेतृत्व दावी गर्दै निर्वाचनमा जाने तयारी गरेको छ । राप्रपा नेपाल संसदीय दलका सचिव सुशील श्रेष्ठले सहमति कायम नभए पााचवटै समितिको सभापतिमा उम्मेदवार दिने बताउनुभयो । उहााले आजदेखि छलफल गरिने जानकारी दिनुभयो । संसद् सचिवालयले विहीबार विहान १० बजेदेखि बेलुका पााचबजेसम्म सभापतिमा उम्मेदवारी दर्ता गर्ने शुक्रबार वेलुका पााचबजे निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । न्यायाधीश न्यायपरिषद्को बैठकले आज पााच जना न्यायाधीश नियुक्तीको सिफारिस गर्दैछ । न्यायाधीश नियुक्तको विषयमा हिजो परिषद्को बैठक बसे पनि निष्कर्षमा पुग्न सकेको थिएन । हिजोको बैठकमा न्यायाधीश नियुक्तीको विषयमा सहमतिको नजिक पुगेकाले आज बस्ने बैठकले पााच जना न्यायाधीशको टुंगो लगाउने बताइएको छ । न्यायाधीशका लागि नेपाली कााग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले आफूनिकटका व्यक्तिलाई न्यायाधीशमा सिफारिस गर्न नाम प्रस्ताव गरेका छन् । पुनरावेदन अदालतका मुख्य न्यायाधीशका साथै कानुन व्यवसायी र अन्य कानुनी क्षेत्रबाट समेत न्यायाधीश नियुक्त गर्न सकिने प्रावधान छ । सर्वोच्च अदालतमा अहिले पााचजना मात्र स्थायी न्यायाधीश छन् । अन्तरिम संविधानको धारा १०२ को खण्ड २ मा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा १४ जनासम्म न्यायाधीश रहने उल्लेख छ । अहिले सर्वोच्चमा १० स्थायी न्यायाधीशको दरबन्दी रिक्त छ ।