हिमपहिरो पीडितलाई एनआरएनले १० लाख दिने

वैसाख ९, काठमाण्डौ–सगरमाथा क्षेत्रमा हिमपहिरोमा परी गत शुक्रबार ज्यान गुमाएका र घाइते भएका आरोहण सहयोगीहरुको परिवारलाई गैरआवासीय नेपाली संघले १० लाख रुपैया सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले एक समबेदना सन्देश जारी गर्दै मृतक र घाइतेका परिवारलाई राहत रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।
‘सगरमाथा आरोहणका लागि मार्ग तयार पार्न खटिएका १३ जना पथप्रदर्शकको हिमपहिरोले पुरिएर असमायिक निधन भएको, ६ जना घाइते र ३ जना बेपत्ता भएको खबरले गैरआवासीय नेपाली संघ परिवार अत्यन्तै मर्माहित भएको छ ।’ घलेले जारी गरेको समबेदनामा भनिएको छ– ‘यस दु:खद घडीमा शोकशन्तप्त परिवारहरुलाई इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै संघको तर्फवाट मृतकहरुका परिवारहरुलाई दश लाख सहयोगको घोषणा गर्दछौं ।’
समय समयमा यस प्रकारका दुर्घटनाहरुहरुबाट हुने जोखिम न्यूनीकरण गर्न तथा यस्ता जोखिमपूर्ण कार्यहरुमा खटिनेहरुको मनोबल उच्च राख्न उपयुक्त उपायहरुको पहिचान गरी लागू गर्न समेत नेपाल सरकार तथा सरोकारवाला निकायहरु समक्षैरआवासीय नेपाली संघले आह्वान गरेको छ ।