पुराना चिहान खन्नुको कुनै औचित्य छैन: पौडेल

वैसाख ८,दमक– नेपाली कांग्रेस उपसभापति रामचन्ऽ पौडेलले मुलुकमा भएका द्वन्द्वकालका घटनालाई उठान गरेर शान्ति प्रकृयाले पूर्णता नपाउने बताएका छन् । उनले द्धन्द्धकालका घटना खोतलेर मुलुकलाई थप द्वन्द्वमा धकेल्न नहुने बताए ।
आइतबार झापाको दमकमा स्थानीय सञ्चारकर्मीहरुसाग कुरा गर्दै उपसभापति पौडेलले भने, ‘देशले द्वन्द्वका अवशेषलाई मेट्ने प्रयास गरिरहेका बेला फेरि पुराना घटना ब्यूत्याएर संक्रमण लम्ब्याउन हुदैन् ।’
नेता पौडेलले राजनीतिक दलहरुको सहमतिमा छिट्टै सत्य निरुपण तथा मेलमिलाप ऐन बनाइने बताएका थिए । मुलुकमा स्थायी शान्ति कायम गर्ने हो भने द्वन्द्वकालमा भएका घटनाको सत्यतथ्य पत्ता लगाएर पीडकलाई पश्चाताप गर्ने, पीडितले क्षमा दिने र राज्यले राहत दिने ब्यबस्था हुनुपर्ने उनको जोड थियो ।
पौडेलले बृहत शान्ति सम्झौताले द्धन्द समाप्त गरि शान्तिपुर्ण रुपान्तरण गरेपछि अब त्यति कुराको कुनै औचित्य नरहेको बताएका थिए । बिगतमा भएको सहमतिलाई कुल्चिएर अहिले बहस गर्दा यसले शान्ति सम्झौताको अपमान हुने उनले बताए ।  उपसभापति  पौडेलले भने, –अब अहिले आएर पुराना चिहान खन्छौ भन्नुको कुनै औचित्य रहदैन ।
त्यस समयमा शान्ति सम्झौता हुादा अन्तराष्ट्रिय निकायले समेत त्यसको समर्थनमा
बक्तब्यबाजी गरेको र अहिले त्यही बिषयमा फेरी कुरा उठाउनु राजनीतिक रुपमा
गैह् जिम्मेवापूर्ण भएको पनि उनले बताए । उनले लोकतान्त्रिक संबिधान निर्माण गर्न कांग्रेसको अगुवाई भूमिका हुने दावी गरे ।