साढे २२ लाख कित्ता सेयर थपियो

वैसाख ८,काठमाडौं– सेयर बजारमा आइतवार २२ लाख ६७ हजार कित्ता सेयर थपिएको छ । हिमालयन जेनरल इन्स्योरेन्सको १४ लाख ९२ हजार कित्ता हकप्रद, मुक्तिनाथ बिकास बैंकको सात लाख ३५ हजार र खाादबारी बिकास बैंकको ४० हजार बोनस सेयर सूचीकृत भएको हो ।
हिमालयन जेनरल इन्स्योरेन्सले एक कित्ता बाराबर १.४८ को अनुपातमा हकप्रद सेयर दिएको थियो । कम्पनीको यससागै चुक्तापूाजी २५ करोड रुपैयाा पुगेको छ । गत विहीवार कम्पनीको सेयर तीन सय २७ रुपैयाामा कारोबार भएको थियो । मुक्तिनाथ बिकास बैंकले १० बराबर तीन अनुपातमा हकप्रद सेयर दिएको थियो ।  मुक्तिनाथ बिकास बैंकको ३६ करोड ७५ लाख चुक्तापूाजी रहेको छ । त्यस्तै, खाादबारी बिकास बैंकले आठ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकको चुक्तापूाजी  पााच करोड ४० लाख पुगेको छ ।
नेको इन्स्योरेन्ससंग मर्जर प्रक्रिया तोडिएपछि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुलेको छ । कम्पनीले एक बराबर १.१५ अनुपातमा हकप्रद दिने प्रस्ताव गत बैशाख ७ को बिशेष साधारणसभाबाट पारित गरेको छ । हाल ११ करोड ७३ लाख चुक्तापूाजी रहेको प्रिमियरले हकप्रद सेयर दिएपछि यो रकम २५ करोड २१ लाखभन्दा बढि हुने छ ।