एक वर्षमा संविधान बन्छ : निधी

वैसाख ९, दमक–भौतीक योजना तथा यातायात मन्त्री बिमलेन्द्र निधीले निर्धारित समयमा संबिधान बन्ने बताएका छन । उनले एक  बर्ष भित्रैमा लोकतान्त्रिक संबिधान जारी हुने बताए । जसरी भए पनि नागरिकले चाहेको लोकतान्त्रिक संबिधान जारी हुने मन्त्री निधीको दावी थियो । उनले लोकतान्त्रिक संबिधान समयमै जारी गर्न पनि  सरकारले दलीय सहमती कायम गर्न आवश्यक गृह कार्य गरिरहेको बताए ।
सोमवार नेपाल प्रेस यूनियन झापाले गरेको पत्रकार भेटघाटमा बोल्नुहुदै मन्त्री निधीले भन–‘लोकतान्त्रिक संबिधान निर्माण गर्न सवै राजनीतिक दलहरु एकै ठााउमा उभिनुपर्छ ।’ नयाा संबिधान निर्माण गर्नमा संबिधानसभा सवै दलको सहमतीबाट मात्र संभव हुने जिकीर गदै मन्त्री निधीले यसका लागि दल र सरकारले गंभीर भएर अगाडी बढेको दावी गरे ।
उनले नयाा संबिधानसागै देशको विकास निर्माणमा सरकारले प्राथमिकता दिएको प्रष्टाए । उनले सरकारी ठेक्का पट्टालाई व्यवस्थित गर्नका लागी सरकारले पहल थालेको बताए ।
निर्माणधिन र सम्झौता अबधि पुरा गरेका योजनाहरुलाई तत्काल सक्नका लागी निर्देशन दिएको उनले बताए । त्यस अवसरमा पार्टीका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले एक बर्षमा सबिधान जारी हुन नसके त्यसको जिम्मा दलहरुले लिनु पर्ने बताए ।
पुर्व उर्जामन्त्री समेत रहनुभएका महतले बर्खायाममा नेपालको बिद्युत बिक्री गर्न सकिए लोडसेडिडको भार कम्ती हुने बताए । सरकारले  लघु तथा मझौला हाइडे पावर योजनाहरुलाई प्रोहत्सान गर्न सके मात्र मुलुकलाई लोडसेडिड मुक्त बनाउन सकिने उनको सुझाव छ ।
त्यस अबसरमा दमक रबी चिसापानि सडक उपभोक्ता समितिले सडकको काम निमार्णमा चासो राखिदिन भन्दै मन्त्री निधीलाई ज्ञापन पत्र बुझाएको छ ।