योजना आयोगलाई संवैधानिक अंग बनाउनुपर्ने

वैसाख ८, ललितपुर–परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगलाई संवैधानिक अंग बनाउनुपर्ने बताएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघको पााचौा वार्षिक साधारणसभालाई आइतवार सम्बोधन गर्दै उनले योजना आयोगमा सम्बन्धित क्षेत्रमा विज्ञ भएको व्यक्तिलाई मात्र नियुक्ति गर्नुपर्नेमा जोड दिए ।
आयोगमा रहने दक्ष व्यक्तिबाट मात्र दीर्घकालीन योजनाहरू ल्याउन सकिने तर्क गर्दै निर्माण व्यवसायीको योगदानले देश विकासमा थप मद्दत पुग्ने मन्त्री पाण्डेको भनाइ थियो । सो अवसरमा सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले निर्माण व्यवसायीलाई राज्यको एउटा प्रमुख अंगको रुपमा लिनुपर्ने बताउादै ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले ऐन कानुनहरूमा निर्माणका सामग्री उत्खनन गर्दा हरेक प्रकारका बाधा व्यवधान रहेकाले त्यसलाई हटाउनुपर्नेमा जोड दिए । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कुावरले मुलुकको विकास निर्माणमा ठूला निर्माण उपकरणको प्रयोग आवश्यक रहेकाले राज्यले यसलाई विशेष सहुलियत दिनुपर्न बताए । कार्यक्रममा निर्माण क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।