ऋण नतिरेर कालोसुचीमा पर्ने धेरै

वैसाख ८,काठमाडौ–बैंकको ऋण नतिरेर कर्जा सुचना केन्ऽको कालोसुचीमा पर्नेहरु बढेका छन् । एक बर्षमा सात सय १४ जना व्यक्ति तथा कम्पनी कालोसुचीमा परेका हुन् । कर्जा सुचना केन्ऽले सार्वजनिक गरेको विवरणअनुसार, अघिल्लो चैतमा जम्मा छ सय जना कालो सुचीमा परेका थिए ।
नेपाल राष्ट्र बैंकले कालोसुचीमा पर्ने ऋणको सीमा घटाएपछि संख्या वढेको हो । नेपाल राष्ट्र बैंकले २०६९ मंसिर १० गते बैंक तथा वित्तीय संस्थाको ऋण खाएर नतिर्ने ऋणीहरुको रकम घटाएपछि संख्या बढ्न थालेको हो । २५ लाख रुपैयााभन्दा वढी ऋण नतिर्नेहरु कालोसुचीमा पर्दै आएकोमा पछिल्लो व्यवस्थापछि १० लाख रुपैयाा ऋण खाने पनि कालोसुचीमा पर्ने व्यवस्था गरिएको थियो ।
अघिल्लो बर्ष दुई सय ७१ जना कालोसुचीमा थिए । बैशाख लागेपछि मात्र पनि चार जना कालोसुचीमा परिसकेका छन् । कर्जा सुचना केन्ऽको विवरणमा २०४६ पुस २१ देखि कालोसुचीमा परेका व्यक्ति तथा संस्थाको विवरण छ । २०४६ देखि अहिलेसम्म पााच हजार चार सय नौं जना कर्जा सुचना केन्ऽको कालोसुचीमा छन् ।
२५ लाख रुपैयााभन्दा माथि ठूला ऋण लिनेहरु मात्र यसअघि कालोसुचीमा परेका थिए । ऋणको सीमा १० लाखमा झारेपछि साना तथा मझौला उद्यमी, व्यवसायिक कृषिका लगानीकर्ताका साथै सानातिना घर जग्गा ऋण लिनेहरु पनि पर्न थालेका छन् । पछिल्लो समय साना स्केलका घरेलु उद्योग सञ्चालक पनि कालोसुचीमा समेटिन थालेका छन् ।
केन्ऽको कालोसुचीमा पर्नेहरुमा ठूला ठूला उद्योगी, सेयर कारोबारी, घरजग्गा व्यवासायी, बैंकरदेखि पूर्वगभर्नरसम्म छन् । सरकारी कर्मचारी, उद्यमीहरु पनि कालोसुचीमा परेका छन् ।