सवारीसाधन कारबाहीबाट एक करोड बढी राजस्व

वैसाख ५, मोरङ– मोरङमा गत वर्ष साउनदेखि चैत मसान्तसम्ममा सवारी दुर्घटनाबाट ५८ जनाको मृत्यु भएको छ। सो अवधिमा पााच सय १३ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा परी दुई सय १७ गम्भीर र ३१४ जना सामान्य घाइते भएको बताइएको छ । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल २८४ ट्रक ३३, बस ४६, जिप– कार–भ्यान ६२, ट्रयाक्टर ३३, टेम्पो ४६ तथा रिक्सा– ठेला ४९ वटा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सो अवधिमा ४३ हजार ३७ विभिन्न प्रकारका सवारी साधन कारबाहीमा परी एक करोड नौ लाख ३४ हजार ६ सय राजस्व सङ्कलन भएको बताइएको छ ।