मुस्ताङमा हिमपात, स्याउखेति प्रभावित

चैत ३०, मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा यस वर्ष बेमौसमी हिमपात भएको छ । एकदशकपछि यस वर्ष गर्मी मौसम सुरु हुने समयसम्म पनि हिमपात भएपछि स्याउखेति प्रभावित हुने किसानहरुले बताएका छन । सदरमुकाम जोमसोम आसपासका तल्लो मुस्ताङ क्षेत्रमा यस वर्ष चैत महिनाको अन्तसम्म पनि हिउा परेको स्थानीयवासीले बताएका छन । जोमसोम, मार्फा, टुकुचे, लते, कोवाङ, कागबेनी, मुक्तिनाथ गाविसमा अहिले पनि दिनहुाजसो वर्षा हुने र हिउा पर्ने गरेकाले चिसो नघटेको उनिहरुको भनाई छ । बेमौसमी हिमपातका कारण मुस्ताङको प्रमुख कृषि व्यवसाय मानिएको स्याउखेती प्रभावित हुने देखिएको छ ।