३० चैत, गोरखा– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा संलग्नलाई सर्वस्वसहित जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । १३ जनालाई जन्मकैदको सजाय माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अभियोग पत्र दायर गरेको हो । परिवारले किटानी जाहेरी दिएका ११ जनासहित जानुका पौडेल र रुऽ आचार्य विरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिल एकनारायण लम्सालले जानकारी दिनुभयो । हिरासतमा रहेका समेतलाई मुद्दा चलाइएको छ । छविलाल पौडेल र भीमसेन पौडेल प्रहरी हिरासतमा रहेका छन् । थुनामा रहेकाहरु साग पर्सीबाट बयान लिई थुनछेकको बहस सुरु हुने सरकारी वकिलको कार्यालयले जनाएको छ । २०६१ सालमा गोरखाबाट चितवन गएका कृष्णप्रसाद अधिकारीलाई माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए । छोरोको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै उहााका बाबु नन्दप्रसाद अधिकारी र आमा गंगामाया अधिकारी चार महिनादेखि राजधानीको वीर अस्पतालमा आमरण अनशनमा बसेका छन् । अधिकारी दम्पीलाई सरकारले अनशन तोड्न पटक पटक आग्रह गरे पनि दोषीमाथि कारबाही नभएसम्म अनशन नतोड्ने बताउादै आएका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
