आगलागी पीडित आकासमुनि बस्न बाध्य

चैत ३०, चितवन– पूर्वी चितवनको विकट पहाडी गाविस सिद्धिका आगलागी पीडित चेपाङ परिवार खुल्ला आकासमुनि बस्न बाध्य भएका छन् । चैत २८ गते राति घर जलेपछि उनीहरु खुल्ला आकासमै बस्न बाध्य भएका हुन् । आगोले स्थानीय रीतुलाल चेपाङको घरसहित अन्न र सामग्री जलेर नष्ट भएको थियो । अन्न नभएपछि उनीहरुको खाद्यान्नमा समेत समस्या परेको स्थानीयले बताएका छन् । घरमा भएको कोदो, मकै र कपडा समेत जलेर नष्ट भएपछि रितुलालको परीवार रुखमुनि बसेर रात बिताउदै आएको स्थानियले बताएका छन ।