सञ्चारमाध्यममा समावेशीकरण आवश्यक

३० चैत, काठमाडौ– नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउालेले पत्रकार महासङ्घलाई अझ समावेशी बनाउन आगामी महाधिवेशनमा विधान संशोधन प्रस्ताव लगिने बताउनु भएको छ । आजदेखी काठमाण्डौमा सुरु भएको जागरण मिडिया सेन्टरको दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा अध्यक्ष गाउालेले समाजका हरेक वर्गको उचित समावेशीकरणका लागि निर्णायक तहमा सबैको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले राज्यको चौाथो अङ्ग सञ्चार क्षेत्रमा उचित समावेशी हुन नसके अन्य क्षेत्रमा पनि समावेशीको आशा गर्न नसकिने बताउनुभयो । क्रन्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घमा पूर्ण समावेशीताका लागि विशेष नीति ल्याउनुपर्ने र भएका नियमकानुनको पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारी, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष मोहन चापागार्इं, आदिवासी जनजाति पत्रकार महासङ्घका उपाध्यक्ष दण्ड गुरुङ, पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले महासङ्घलाई पूर्ण समावेशी बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।