सडक विस्तार तत्काल सम्पन्न गर्न प्रधानमन्त्री निर्देशन

shusil koiralaचैत २२, काठमाण्डौ–प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौा उपत्यकाभित्र जारी विस्तारित सडकको कामलाई तत्काल सम्पन्न गर्न र सरकारी निकायहरुबीच समन्वयमा काम गर्न निर्देशन दिनुभएको छ । आज प्रधानमन्त्री निवास बालुबाटारमा काठमाडौा उपत्यका सडक विस्तार आयोजना निर्देशन समिति र सो सडक आयोजनासाग सम्बन्धित उच्च सरकारी अधिकारीहरुलाई निर्देशन दिादै प्रधानमन्त्री कोइरालाले एकापसमा समन्वयन नहुादा काम प्रभावकारी हुन नसकेको भन्दै सो समस्या सुधार्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री कोइरालाले सडक विभागले सडक निर्माण गर्दै जाने खानेपानी, ढल, टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायतले फेरि भत्काउादै जाने अवस्थाको अन्त्य गरिनुपर्दछ,भन्दै यसो हुन सकेमात्र समयमै काम सम्पन्न हुने बताउनुभयो ।” प्रधानमन्त्री कोइरालाले हरेक कामलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने र त्यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो । उहााले सडक विस्तारसागै सडक संरचना आसपासमा सुन्दरता ल्याउन र अनावश्यक पार्किङ नगराउन तथा जथाभावी निर्माण सामग्री नथुपार्न र धूलोको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाास्कोटाले जानकारी दिनुभयो ।