निर्वाचनका लागि सरकारको ईच्छा शक्ति– नेता नेपाल

madabचैत २२, नेपालगन्ज – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनावका लागि सरकारमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभएको छ । नेपालगन्जमा शनिवार सञ्चारकर्मिसंग कुरा गर्दै नेता नेपालले स्थानीय निकायको निर्वाचन गर्नका लागि प्रधानमन्त्रीमा इच्छाशक्ति नै नदेखिएको आरोप लगाउनुभयो । सरकारले गर्नुपर्ने आवश्यक पहल हालसम्म गर्न नसकेका कारण स्थानीय निकायको निर्वाचन हुनेमा आशंका उब्जिएको बरिष्ठ नेता नेपालको भनाई छ ।
यसै गरी संविधान सभाको कार्यतालिका पारित भएर मात्रै संविधान जारी नहुने बताउदै नेता नेपालले तालिका अनुसार कार्य सम्पादनमा त्यक्तिकै सजग र सचेत रहनु पर्नेमा जोड दिनुभयो । नागरिकले तेश्रो शक्तिको रुपमा स्थापित गरेको एकिकृत माओवादीलाई उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउनु भनेको एकिकृत माओवादी नेतृत्वलाई सुपर प्राइमिनिष्टर बनाउनु भएकोले एमालेले कुनै हालतमा पनि स्वीकार नगर्ने स्पस्ट पार्नुंभयो । सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भईसकेपछि संयन्त्रको संयोजक दोश्रो ठुलो दल एमालेका अध्यक्ष झलनाथ खनाल हुनुपर्नेमा उहाले जोड दिनुभयो ।