सैनिकका कथा पुस्तकमा

२३ चैत्र,काठमाडौं–मुलुक निर्माणको लागि नेपाली सेनाले गरेको योगदान प्रशंसनिय छ । तर, इतिहासमा उनीहरुको मुल्यांकन खासै गरेको पाइदैन् । यसै सन्र्दभमा सैनिकका कथा समेटेर लेखक मोहन थापाले गुमनाम सैनिकका पक्षमा पुस्तक ‘ती सैनिक’ प्रकाशनमा ल्याएका छन् ।

‘जितेका र सत्ता प्रमुखले मात्रै इतिहासमा स्थान पाउने नभई, पर्दा पछाडी बसेर राष्ट्रका लागि योदान दिएकाको पनि र्चचा गरिनु पर्छ ’ शनिवार राजधानीमा पुस्तक विमोचन गदै पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले भने ‘प्राचिनकालदेखि नेपालको इतिहासमा सैनिकका काम, कतव्र्य र उनीहरुले राष्ट्रकालागि खेलेको भुमिकाको खासै वर्णन नगरिनु एक प्रकारले अन्याय जस्तै हो ’ । उनले मोहनको पुस्तकले इतिहासमा पुन लेखन गर्ने काम गरेको दावी गरे ।
सभासद् रामहरी खतिवडाले भीम मल्लकालको इतिहासदेखि २०५८ मा घटेको दरबार हत्याकाण्ड सम्म विभिन्न तस्वीर राखेर पुस्तकलाई अझ प्रमाणीत गर्न खोज्नु प्रशंसनीय रहेको बताए ।
इतिहासविद् डा सुरेन्द्र केसीले मोहनको पुस्तकमा इतिहासकालदेखि अन्यायमा परेका सैनिकको मुल्यांकन र दस्तावेज गर्न खोजिएको बताए । पत्रकार कुन्दन अर्यालले मोहनको पुस्तक अध्ययनबाट नेपाली इतिहासको पनि इतिहास पाइने महशुस गरे । ‘अर्जुन कुमार खड्का व्यक्तित्व र जीवनी’ पुस्तक प्रकाशन गरि सकेका मोहनको यो दोस्रो कृति हो ।