मनिषालाई ठुलो भुमिकामा खेल्ने इच्छा

manisa editमुम्बई–विरामीबाट मुक्त भएपछि मनिषा कोइराला यतिबेला फिल्ममा खेल्न आतुर भएकी छन् । तर, उनी साना भुमिकामा खेल्न चाहेकी छैनन् ।
मनिषाको भनाई छ, म आफैलाई पर्दामा हेर्न चाहेकी छु । तर, राम्रो पटकथा, अभिनेता र निर्देशक पनि राम्रै हुनु पर्ने छ । उनीसंग फिल्मका लागि थुप्रै प्रस्ताव आएतापनि ठुलो र महत्वपुर्ण भुमिका चाहिं नपाएको उनको गुनासो छ । लामो समय बलिउडमा बिताएकी मनिषाले सानो भुमिका आंखा नलाग्ने बताइन् । उनी त्यो महत्वपुर्ण स्थान कसले देला भन्ने पर्खाइमा छिन् ।