चैत २१, काठमाण्डौ–समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने १३ जना व्यत्तित्वहरुलाई ‘आमा सम्मान’ प्रदान गरिएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति डा. रामवरण यादवले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १३ जनालाई आमा सम्मान प्रदान गर्नुभएको हो । महिला अध्ययन केन्द्रले गरेको कार्यक्रममा राजनीतितर्फ स्वर्गीय मंगलादेवी सिंहलाई मरणोपान्त तथा गौरा प्रसाइ र नानीमैया नकर्मीलाई सम्मान गरिएको छ । यस्तै, समाजिक, सास्कृतिक, साहित्यिक, पत्रकारिता, स्वास्थ्य र दलित आन्दोलनका क्षेत्रमा उल्लेख्य योगदान गरे बापत मैयादेवी श्रेष्ठ, डा. मीना आचार्य, सियावती राम, भैरव रिसाल, महेश चोधरी, कुन्ता शर्मा, गोविन्द ज्ञवाली र डा. जगदीश अग्रवालालाई सम्मान गरिएको छ । उनीहरुलाई राष्ट्रपति रापवरण यादवले ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
