संविधानसभालाइ रवर स्टाम्प बनाउन उच्चस्तरिय समिति

चैत्र १९, काठमाडौ–राप्रपा नेपालले संविधानसभालाइ रवर स्टाम्प बनाउन प्रमुख तिनदल नेकपा एमाले, नेपाली काग्रेस र एमाओवादीले उच्चस्तरिय राजनीतिक समिति गठन गर्न लागेको भन्दै आपत्ति जनाएको छ । उच्चस्तरिय राजनीतिक संयन्त्रले संविधान निर्माणमा थप जटिलता सृजना गर्ने राप्रपा नेपालको आरोप छ । एक बर्षमा संविधान निर्माण गर्ने सबैदलको प्रतिबद्धता रहिसकेको सन्दर्भमा उच्चस्तरिय राजनीतिक संयन्त्रको औचित्य नभएको थापाको भनाइ थियो ।
व्यबस्थापिका संसदको हिजो बसेको बैठकको विशेष समयमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनदलले गठन गर्न लागेको राजनीतिक संयन्त्र संविधानसभालाइ प्रभावित गर्ने गैर संवैधानिक शक्तिकेन्द्र भएको आरोप लगाउनु भएको हो । संविधानसभाले नै राजनीतिक संवाद समिति गठन गरिसकेको अबस्थामा तिनदलीय सिण्डिकेट खडा गरेर संविधानसभालाइ छायामा पार्न खोजेको थापाको आरोप थियो । तिनदलले राजनीतिक संयन्त्र गठनको नाममा राजनीतिक द्वन्द निम्ताउन खोजेको उहााले आरोप लगाउनुभयो । राप्रपा नेपालले स्थानिय निकायको निर्वाचन अबिलम्ब घोषणा गर्नपनि सरकारको ध्यानाकर्षण गराएको छ ।