कपिलवस्तुको वीरपुरमा भीषण आगलागी, एक बालकको मुत्यु

चैत्र १९,कपिलबस्तु– कपिलबस्तुको वीरपुर गाविस ८ पिपरीमा भीषण आगलागी हुादा ४८ घरगोठ जलेर नष्ट भएका छन् । आगालागिमा परी एक बालकको मृत्यु भएको छ । स्थानिय सकुभरको घरमा खाना पकाउने क्रममा एक्कासी चलेको हावाहुरीका कारण आगलागी भएको थियो । सकुभरका अन्दाजी आठ बर्षका छोरा शिव भरको मुत्यु भएको कपीलबस्तुका प्रहरी निरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
आगलागीबाट खाद्यान्न, अन्नपात, भाडाकुडा र लत्ताकपडा जलेर नष्ट भएको छ । शसस्त्र प्रहरी , नेपाल प्रहरी , दमकल र स्थानियबासिको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैविच सप्तरिको जहेदी र लोहजारामा आगालागी हुादा दुई दर्जन बढी घरगोठ जलेर नष्ट भएका छन् ।