समाज रुपान्तरणको सरल माध्यम साहित्य

चैत १, रुपन्देही – साहित्य समाज रुपान्तरणको सरल माध्यम भएको भन्दै समयअनुसार
साहित्यकारहरुले कलम चलाउनुपर्ने एक कार्यक्रममा बताइएको छ ।
बुटवल साहित्य संगम र कृष्णसेन इच्छुक सास्कृतिक प्रतिष्ठानको आयोजनामा
शनिबार बुटवलमा भएको समकालिन यर्थाथ र साहित्य, त्यसको प्रतिविम्वन विचार
गोष्ठि तथा विमोचन समारोहमा बोल्दै साहित्यकारहरुले समाजका
विकृति, विसङगति र राजनितिक परिवर्तनका लागि साहित्यकारहरुको महत्वपूर्ण
भूमिका हुने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै माक्र्सवादी सौन्दर्य
चिन्तक एंव कृष्णसेन इच्छुक सास्कृतिक प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक
डा.ताराकान्त पाण्डेयले समकालिन सहित्यहरुले अझै पनि समाजको भाषा बोल्न
नसकेको बताउनुभयो ।
कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्यकार आहुती,ऋषिराम भुषाल,दिल
साहनीले साहित्यक रचनाहरुले दिनदु:खीहरुको बेदना बोल्नुपर्ने र समाजलाइ सहि
शासन व्यवस्था स्थापित गराउन सचेत गराउने काम गर्नुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा साहित्यकार धर्म भूसालको जिन्दगीका गितहरु नामक कविता सग्रहको
विमोचन गरिएको थियो ।