मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुद्वारा आन्दोलनको घोषणा

चैत्र १, काठमाडौ–पेट्रोलीयम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संघठनहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रम अनुसार आज दिउासो २ बजे आरआर क्यापस अगाडि विरोध जुलुस निकालेका छन् । भोलि चैत २ गते मूल्य वृद्धि फिर्ताको माग गर्दै प्रधाानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छन । त्यस्तै, ३ गते सरोकारवालाहरुसाग छलफल गर्ने कार्यक्रम तय भएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ४ गते सांकेतिक रुपमा चक्का जाम र सरकारी गाडीलाई क्याम्पस वरपर गुड्न निषेध गर्ने र बेलुका मसाल जुलुुस प्रदर्शन गर्ने भएका छन् । विद्यार्थी संगठनहरुले चैत ५ गते उपत्यका बन्दको घोषणासमेत गरेका छन् । आन्दोलनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत अन्य विद्यार्थी संगठनहरु रहेका छन् । यस्तै, पेट्रोलियम पदार्थका गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै युवा संघ नेपालले प्रर्दशन गरेको छ । प्रर्दशनमाथि प्रहरीले नयाा बानेश्वरमा हस्तक्षेप गर्दा युवा संघका कार्यकर्ता घाइते भएका छन् । प्रहरीको आक्रमणबाट महासचिव राजीव पहाडीलगायत अन्य केही प्रर्दशनकारी घाइते भएका छन् ।
पेट्रोलीयम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विभिन्न संघ संस्थाले पनि राजधानीमा बिहान प्रर्दशन गरेका छन् । अवैज्ञानि ढंगबाट गरिएको मूल्य तत्काल फिर्ता सरकार समक्ष उनीहरुले माग गरेका हुन् । प्रर्दशनमा राष्ट्रिय युवा बेरोजगार संघ, उपभोक्ता महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च, हित संरक्षण मञ्चलगायत दशवटा संघ संस्थाको सहभागिता रहेको थियो । मुख्य सचिब पौडेल यता सरकारले भने बिध्यार्थी बिरोधका बाबजुत पनि पेट्रोलियम पदार्थबो मुल्य घटाउन नसकिने जनाएको छ । मूल्य बृद्धिको बिरोध गर्दै बिध्याथीहरुले आन्दोलन घोषणा गरे लगत्तै मुख्य सचिव लिलामणी पौंडेलले मूल्य बुद्धि सरकारको बाध्यता भएकाले बिरोध गर्नुको अर्थ नभएको वताउनुभएको छ ।
हिजो बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा दश रुपैया, डिजेर र मट्टितेलमा ६/६ रुपैया, हवाइ इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाा र अन्तराष्ट्रियतर्फ प्रतिकिलो लिटर एक सय डलर वृद्धि गरेको बढाएको थियो । मूल्य बढेसागै पेट्रोल प्रतिलिटर एक सय ४०, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ९ रुपैयाा भएको छ ।