प्रधानमन्त्री सुशील कोइराला आन्तरिक छलफलमा

चैत १, काठमाडौ – प्रधानमन्त्री सुशील कोइरालाले पार्टीका शीर्ष नेताहरुसंग मन्त्रिपरिषद् बिस्तार लगायतका बिषयमा आज आन्तरिक छलफल गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कााग्रेसका शीर्ष नेताहरु र कााग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सम्मिलीत बैठकमा सरकारका आगामी कार्यक्रम, मन्त्रिपरिषद् बिस्तार लगायतका बिषयमा कुराकानी भएको थियो । बिहान करिब एक घण्टा चलेको अनौपचारिक छलफलमा एक बर्ष भित्र संबिधान निर्माण, स्थानीय निकायको निर्वाचन लगायतका बिषयमा कुराकानी भएको सहभागी नेताहरुले बताएका छन । बैठकमा कााग्रेसका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो ।