फागुन २७, जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पति विवरण नबझाउने शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेपछि जुम्लाका १ सय ३२ जना शिक्षकले मात्रै जिल्ला शिक्षा कार्यालय जुम्लामा सम्पति विवरण बुझाएका छन् । २ सय ५२ जना स्थायी शिक्षक मध्ये १ सय २२ जना शिक्षकले सम्पत्ति विवरण बुझाउन बाँकी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी जीवन वहादुर भण्डारीले जानकारी दिए । कार्यालयले तोकेको समयभित्र सम्पति विवरण नबुझाउने शिक्षकलाई ५ हजार रुपैयाँ जरिवाना गरीने पनि उनले बताए । अख्तियारले देश भरका शिक्षकलाई आफ्नो सम्पति विवरण बुझाउन आग्रह गरेको थियो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ