‘तस्वीर’ सार्वजनिक

iiiiiफागुन, २७ काठमाडौं– ‘राम्रोसंग नेपाली बोल्न जान्दिन्, गाउँदा गलती भए क्षमा पाऊ ।’ हाम्रोनियम बजाउँदै हिन्दी भाषामा यति भनेपछि भारतीय गायक एवं संगीतकार पण्डित इन्दु प्रकाशले नेपाली गीत गाउन थाले । छेऊमा बसेकी उर्मीला महतले स्वरमा साथ दिएकी थिइन । भारतीय प्रसिद्ध गायक एवं संगीतकार पण्डित इन्दु प्रकाशले नेपालीमा पहिलो गजल संग्रह ‘तस्वीर’ ल्याएका छन् । एल्बममा उर्मीलाले पनि साथ दिएकी छन् । राजधानीमा सोमबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र भारतीय राजदुत रञ्जीत रेले एल्बम सार्वजनिक गरे । आफ्नो शब्दमा पनि इन्दुले स्वर दिएको बताउदै, यसले दुई मुलुकको सिर्जना संयोजन भएको घिमिरेले बताए । रञ्जीतले चाहिँ मुलुक जोड्ने अर्को आधार संगीत नै रहेको वताए । इन्दुले ‘मनमा दियो.’, ‘नयनमा आँशु…’, ‘धुवाँ बनाइदियौं..’, ‘आधारतमा..’, ‘एक्लिएर…’, ‘तिम्रो मनका…’, ‘नबोलेरै धेरै कुरा…’, ‘किन तरेको आँखा…’, र ‘सपना…’ लगायत एल्बमका ९ गीत सुनाए । त्यस संगै हिन्दी गजल पनि गाए । इन्दुलाई उर्मिलाले साथ दिएकी थिइन् । ‘मनमा दियो…’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । राष्ट्र कवि माधव प्रसाद घिमिरे, रेशम विरही, वी.पी न्यौपाने, प्रभाकर पण्डित, राजुबाबु श्रेष्ठ, डा. भोला रिजाल र सुरेश अधिकारीको शब्द रहेको एल्बममा इन्दुको एकल संगीत रहेको छ ।