सातौ जिल्ला परिषद् सम्पन्न

फागुन २७, कञ्चनपुर– जिल्ला विकास समिति कञ्चनपुरको सातौ जिल्ला परिषद्मा आर्थिक वर्ष २०७१÷७२ का लागि ३ अर्ब ८२ करोड ६६ लाखभन्दा धेरै रुपैयाँ बराबरको अनुमानित बजेट बाडफाँड गरिएको छ । यस मध्ये चालु खर्चतर्फ १ अर्ब १२ करोड १७ लाख र पुँजीगत खर्चतर्फ २ अर्ब ७० करोडभन्दा धेरै रुपैयाँ बाँडफाँड गरिएको छ । जिल्ला विकास समितिले गत वर्षभन्दा यस वर्षको परिषद्मा १ दशमलव २९ प्रतिशतले बजेटमा बृद्धि गरेको छ । आगामी आर्थिक वर्षमा सडक, स्वास्थ्य, जीवनस्तर र वातावरणलाई प्राथामिकतामा राखेको स्थानीय विकास अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा जिविसले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मानवीय सीप विकास तथा आयआर्जन, नविकरणीय उर्जा, वातावरण तथा जलवायु परिर्वतनलाई विशेष क्षेत्र तोकेको छ । प्रस्तुत बजेटमा जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा मुख्य व्यापारिक केन्द्रका लागि छिमेकी मुलुक भारतसँग आयात–निर्यातमा सहयोग पु¥याउने जनाइएको छ ।