उम्मेदवारहरुले अझै बुझाएनन् निर्वाचन खर्च बिवरण

फागुन २१, डडेल्धुरा– संबिधान सभाको निर्बाचन भएको चार महिना बित्दा समेत डडेल्धुराबाट निर्बाचनमा भाग लिने दलहरुमध्ये पाँच दलका उम्मेदवारहरुले अझै पनि निर्बाचन खर्च विवरण बुझाएका छैनन । निर्बाचन भएको एक महिना भित्रै निर्वाचानमा लागेको खर्चको बिबरण जिल्ला निर्बाचन कार्यलयमा बुझाउनु पर्ने प्राबधान छ । निर्वाचन खर्च विवरण नबुझाउनेमा मधेशी जनअधिकार फोरम नेपालका सन्तोषकुमार भट्ट, राष्टिय जनमुक्ति पार्टिका मोहनसिंह सारुमगर, खस समाबेशी पार्टी दलबहादुर साउँद, अखण्ड सुदुरपश्चिम पार्टी नेपालका उपेन्द्रराज जोशी र शान्ति पार्टी नेपालका नरेशबहादुर थापाले रहेका छन । चुनाव खर्च बिवरण नबुझाएपछि त्यसको कारण माग्दै जिल्ला निर्वाचन कार्यालयले पाँचवटै दलका उम्मेदवारलाई पत्राचार गरेको जनाएको छ ।