आहा गोल्डकपमा आर्मी र धरानको भिड्न्त

फागुन २१, काठमाडौं– हिजोदेखि पोखरामा सुरु भएको आहा रारा गोल्डकप फुबटल प्रतियोगिता अन्तरगत आजको खेलमा धरान फुबटल क्लब र विभागिय टोली नेपाल आर्मीको भिड्न्त हुदैछ । दिउँसोबाट पोखरा रङगशालामा खेल सुरु हुनेछ । हिजोदेखि सुरु भएको उद्घाटन खेलमा शसस्त्र प्रहरिको एपिएफले एन्फा एकेडेमीलाई ट्राईबेकरमा ४–२ गोल अन्तले पराजित गरेको थियो । प्रतियोगितामा एक विदेशी सहित १२ वटा टिम सहभागी छन् । चैत १ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टोलीले ३ लाख ५१ हजार रुपैया पुरस्कार सहित प्रमाण पत्र पाउनेछन ।