सरकारमा जाने एमालेको निर्णय

११ फागुन, काठमाडौ–नेपाली कांग्रेस गृह मन्त्रालय दिन सहमत भएपछि नेकपा एमाले सरकारमा सहभागी हुने भएको छ । एमाले पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको केन्ऽीय कमिटीको बैठकले नेपाली कांग्रेससाग भएको सातबुादे सहमति अनुमोदन गर्दै उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला एमालेलाई गृह मन्त्रालय दिन सहमत भएको जानकारी गराएका थिए । आईतबार विहान प्रधानमन्त्री कोइरालासाग आफूलाई टेफिफोन गरेर दुई दल मिलेर जाने बताएको भन्दै खनालले बैठकमा भने सरकारमा जानु पर्ने बताएपछि सहमति जुटेको हो । कोइराला गृह मन्त्रालय दिन सहमत देखिएपछि अन्य मन्त्रालय भागबण्डामा सहमति जुटाउन अहिले कांग्रेस र एमालेको वार्ता टोलीबीच छलफल भइरहेको छ । सरकार विस्तारको प्रयास नेकपा एमालेलाई गृहमन्त्रालय दिएर पनि मन्त्रिपरिषद विस्तार गर्न कांग्रेस पदाधिकारीले प्रधानमन्त्री एवम् सभापति सुशील कोइरालालाई सुझाब दिएका छन् । प्रधानमन्त्री कोइरालाले बिहान कांग्रेस पदाधिकारीसाग बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलमा आफूहरुले नेकपा एमालेलाई गृहमन्त्रालय दिएर पनि आज बेलुकासम्म मन्त्रिपरिषद विस्तार गर्न सुझाब दिएको एक नेताले बताए । त्यसमा प्रधानमन्त्री कोइराला पनि सकारात्मक देखिनुभएको छ । यसैबीच, गृहमन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सकारात्मक भएपछि मन्त्रालय बााडफााडको अन्तिम टुङ्गो लगाउन कांग्रेस र एमालेको गोप्य बैठक बसिरहेको छ । काठमाण्डौको बत्तीसपुतलीस्थित द्वारिका होटलमा जारी बैठकले दुई पार्टी बिच मन्त्रालय बााडफााडको अन्तिम टुङ्गो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिनुभएको छ । बैठकमा कांग्रेसको तर्फबाट चार र एमालेका तीन जना नेता सहभागी भएका छन । कांग्रेसबाट महामन्त्री कृष्ण प्रसाद सिटौला, विनाविभागिय मन्त्री रामशरण महत, मिनेन्ऽ रिजाल र दिपकुमार उपाध्याय सहभागी रहेको बताईएको छ । एमालेबाट उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल र नेता अग्नी खरेल सहभागी हुनुहुन्छ । बैठकले सााझसम्म भएपनि मन्त्रालय बााडफााडबारे टुङ्गो लगाउने गरी छलफल भैरहेको स्रोतले बताएको छ ।