११ फागुन, काठमाडौं– खुद्रा किराना ब्यवसायीलाई राज्यले उपेक्षा गरेको ब्यवसायीहरुले गुनासो गरेका छन् । दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराएर सेवा गरिरहदा पनि खुद्रा किरानाको पक्षमा कतै पनि सम्बोधन नभएको उनीहरुको भनाइ छ । आइतबार बुटवलमा भएको खुद्रा किराना ब्यवसायि संघको सातौं साधारण सभा तथा चौथौं अधिवेशनको उद्घाटनसत्रमा बोल्ने व्यवसायिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष लक्ष्मण प्रसाद न्यौपानेले किराना व्यवसायीलाई कानुनी प्रकृयामा ल्याउनेदेखि कालोबजारी रोक्नेसम्मका काम गरेको बताउनुदै राज्यतहबाट साना व्यवसायीको मनोबल बढाउने काम नभएको बताउनुभयो । उहाले शान्ति सुरक्षाको प्रत्याभूती हुन नसकेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले प्रशाशनले गलत काम गर्नेलाइ कारवाही गर्ने बताउदै कुनै पनि सामान विक्रि गर्दा उत्पादन मिति, मूल्य, उत्पादन कम्पनी र गुणस्तर ख्याल गरेर मात्रै उपभोक्ता समक्ष पुर्याउन आग्रह गर्नुभयो । संस्थापक अध्यक्ष टिकाराम गैरेले स्वरोजगार व्यवसाय गरेको किराना व्यवसायीहरुलाइ ठूला ब्यापारी र प्रशाशनले सहयोग नगरेको बताउनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका रुपन्देही अध्यक्ष नर्वु लामा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल, घरभाडा सरोकार संघका शंकर कोइराला, सल्लाहाकार माधव नेपाल लगायतले बोल्नुभएको थियो । सो अवसरमा कोषाध्यक्ष गंगाधर न्यौपानेको आर्थिक प्रतिवेदन समेत पेश गरिएको थियो । अध्यक्ष लक्ष्मण प्रसाद न्यौपानेको अध्यक्षता, उपाध्यक्ष कमला गौतमको स्वागत एंव सचिव ज्ञानप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा प्रेस सल्लाहाकार प्रदीप आचार्य र सदस्य कृष्ण प्रसाद पाण्डेलाइ सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो