एमालेले मन्त्रीहरुको नामावली बुझायो, कांग्रेसमा छलफल जारि

फागुन १३ , काठमाडौं – नेकपा एमाले पार्टिको तर्फबाट सरकारमा पठाउने मन्त्रिहरुको नाम टुङ्गो लगाएको छ । आज बिहान बसेको एमाले शिर्षस्थ नेताहरुले बैठकले पार्टिको तर्फबाट १० जना नेताहरुको नाम बिभिन्न मन्त्रालयका लागि भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ । मन्त्रीहरुको नाम छनोटका लागि पार्टि उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरि नामावली प्रधानमन्त्रीलाई बुझाईएको एमालेले जनाएको छ । नामावली अनुसार पार्टि उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री , महेन्द्र पाण्डे परराष्ट्र, राधा ज्ञवाली जलस्रोत , कर्ण थापा उद्योग , लालबाबु पण्डित सामन्य प्रशासन , खगराज अधिकारी स्वास्थ्य, दलबहादुर राना भूमिसुधार, हरि पराजुली कृषि, भीम आचार्य पर्यटन र पुरुषोत्तम पौडेल युवा तथा खेलकुद मन्त्रीका लागि छनोट भएका छन् । हिजो बसेको एमाले स्थायी समितिको बैठकले मापदण्ड र योग्यताका आधारमा नाम छनौट गर्दै मन्त्री छान्ने जिम्मा उपाध्यक्ष गौतमलाई दिएको थियो । आज साँझ सम्ममा नेताहरुले पद तथा गोपनियताको सपथ लिने तयारी रहेको एमालेले जनाएको छ ।
यसैबचि, मन्त्रीहरुको नाममवली तयार पार्न कांग्रेसका शिर्षस्थ नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ । कांग्रेसले पनि आजै दिउसोसम्म मन्त्रीहरुको नाम टुङ्गो लगााउने गरि छलफल जारि राखेको छ ।