सवारी दुर्घटनामा ९ यात्रु घाईते

फागुन ७, सर्लाही – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कर्मैया ७ मा सवारी दुर्घटना हुदा नौ जना यात्रु घाईते भएका छन् । आज बिहान जनकपुरबाट वीरगंजको लागी छुटेको ना २ ख ५२ ३६ नम्वरको बस अनियन्त्रित भई सडकमा पल्टीदाँ नौ जना घाईते भएका हुन् । घाईते सबैको अहिले हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाईतेहरु एक जनाको अवस्था गम्भिर रहेको र अन्य सवैको अवस्था समान्य भएपनि अधिकांशको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।