६४ औं प्रजातन्त्र दिवस मनाइदै

फागुन ७, काठमाडौं– आज ६४ औं प्रजातन्त्र दिवस देशभरमा विभिद कार्र्यक्रम गरी मनाइदैछ । नेपालमा एक सय चार बर्षे जँहानिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र बहाली भएको अवसरमा प्रत्येक बर्ष फागुन ७ गते आज कै दिन प्रजातन्त्र दिवस मनाईने गरिन्छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवन विरबिक्रम शाहदेवले देशमा प्रजातन्त्र बहाली भएको घोषणा गर्नु भएको थियो । २००७ सालमा लामो संघर्षपछि प्रजातन्त्र स्थापना भएको खुसियालीमा विभिन्न राजनीतिक दल तथा भातृ संगठहरुले देशका विभिन्न ठाउमा बिभिद कार्यक्रमको आयोजना गरेर मनाईरहेको जनाएका छन् । यसैगरि प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डुको प्रज्ञा भवनमा बिषेश कार्यक्रमको आयोजना समेत गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला सहभागि हुनु हुने जनाईएको छ ।
२०४६ तथा दश बर्षे जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिने गरिन्छ । प्रजातन्त्रको प्राप्तीसंगैं प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बिषयमा भने अझै देश फmड्को मार्न सकेको छैन् । देशको अस्थितर राजनिती, शान्ती र संबिधान बन्न नसक्नुले पनि प्रजातन्त्र पछिको उपलब्धि संस्थगत हुन नसकिरहेको मानिन्छ ।
यसैबचि , प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले शुभकामना व्यक्त गर्दै आजको दिनलाई विशेष महत्वको रुपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाले शुभकामनामा २००७ सालको ऐतिहासिक परिवर्तनलाई स्मरण गराउने यो दिवसले हामी सबैका निम्ति विशेष महत्व राख्ने बताउनु भएको छ । यसैंं अवसरमा सन्देश दिनु हुदैं उपराष्ट्रपति परमानन्द झाले नेपालमा लोकतन्त्रको संस्थागत सुदृढीकरण एवम् सम्र्बधनका लागि सबै नेपालीको ऐक्यबद्धता भई देश विकासमा लाग्न आग्रह गर्नु भएको छ ।
त्यस्तैं, प्रधानमन्त्री सुशील कोइरालाले पनि प्रजातनन्त्र दिवसको अवसरमा शुभकामना दिदै आफु संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र संघीयता सहितको शासन पद्धतिका साथै देश र नागरिकको हितलाई केन्द्रमा राखी अगाडि बढ्ने बताउनु भएको छ । उहाले सामाजिक रुपान्तरणका लागि देशमा भएका सम्पन्न भएका सबै जनआन्दोलनमा सहभागी हुँदा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति श्रद्धान्जली अर्पण गर्नु भएको छ । प्रजातन्त्र दिवसै अवसरमा बिभिन्न राजनितीक दलका शिर्षस्थ नेताहरुले पनि सबै नेपाली जनतामा शुभकामना ब्यतm गरेका छन् ।