ए डिभिजन लिगमा थ्रीस्टार र एपीएफ भिड्दै

फागुन ७, काठमाडौं– राजधानीमा जारी सहीद स्मारक ए डिभिजन लिगमा आज थ्रीस्टार र एपीएफ भिड्दै छन् । खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वर स्थित दशरथ रङगशालामा सुरु हुनेछ । उपाधि जित्ने सम्भावना कायम राख्न थ्रीस्टारलाई आजको खेल जित्नुपर्ने दबाव छ । एपिएफको उपाधि जित्ने सम्भावना सकिएको छ । थ्रीस्टार २५ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ भने १९ अंक सहित एपीएफ छैठौ स्थानमा रहेको छ । दुवै टिमले तीन तीन खेल खेल्न अझैं बाँकी छ ।