चीन र ताईवानबीच वार्ता

चीन र ताईवानबिच जारी तनाव कम गर्न पहिलो पटक औपचारिक वार्ता सुरु भएको छ । यि दुई देशका प्रतिनिधीबिच चीनको नाजिङ्मा हिजोबाट बार्ता सुरु भएको हो । बार्तामा दुबै देशका उच्च अधिकारीहरु सम्मिलित छन् । सन् १९४९ मा सकिएको चिनियाा गृह युद्ध पछि पहिलो पटक वार्ता सुरु भएको हो । दुईदेश बिच सुरु भएको पहिलो औपचारिक वार्तामा कुनै पनि सरकारी एजेन्डा नभएको अधिकारीहरुले बताएका छन् । चिनिया अधिकारीहरुले पहिलो बार्तामा कुनै एजेन्डा तय नगरिएको र यो आत्मीय सम्बन्धको सुरुवात मात्र रहेको बताएका छन् ।