अन्तर कलेज फुटबलमा आज पनि दुई खेल हुदै

२९ माघ, चितवन– चितवनको भरतपुरमा जारी अन्तरकलेज नकआउट फुटबल प्रतियोगीतामा आज पनि दुई खेल हुदै छन् । आज हुने पहिलो खेलमा सप्तगण्डकी कलेज र रामपुर कलेजविच प्रतिस्पर्धा हुने छ । यस्तै आजै हुने दोस्रो खेलमा अमर जनशक्ति र सोमेश्वर कलेज माडीका विचमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन वीरेन्द्र बहुमुखी क्याम्पसले आयोजना गरेको हो । १६ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४० हजार पाउने छन् ।