यसरी भए सुशील कोइराला प्रधानमन्त्री

sushil२७ माघ, काठमाडौ–नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । नेपालको अन्तरिम संविधान २०६३ को धार ३८(२) अनुसार बहुमतीय प्रणाली अनुसार कोइराला प्रधानमन्त्री बन्नुभएको हो । प्रधानमन्त्रीको एक मात्र उम्मेदवार कोइरालको पक्षमा चार सय ५ मत खसेको छ । यसै गरि विपक्षमा १ सय ४८ मत खसेको छ । प्रधानमन्त्री बन्न २ सय ८५ मत आवश्यक पर्ने भए पनि कोइरालाले दुई तिहाइभन्दा बढी मत पाउनुभएको छ । कोइरालालाई नेकपा एमालेले लगायतका अन्य दलहरुले सहयोग गरेको छ । आइतवार कांग्रेस र एमालेबीच भएको सात बुदे सहमतिअनुसार उहालाई प्रधानमन्त्री बन्नुभयो । कोइरालाको प्रस्तावकका रुपमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल रहनुभएको थियो । समर्थकमा एमालेका संसदीय दलका नेता केपी ओली रहनुभएको थियो । संसदको तेस्रो ठूलो दल एकीकृत माओवादी र चौथो ठूलो दल राप्रपा नेपालले कोइरालको विपक्षमा मतदान गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलको नेता तथा प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र संविधान जारी गरी देशलाई शन्ति र संवृद्धिको मार्गमा लाने दाबी गर्नु भएको छ । सोमवार बसेको व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै कोइरालाले आफ्नो नेतृत्वको सरकारले एक वर्षभित्र संविधान जारी गर्ने, शन्तिप्रक्रियाको बाकी काम पूरा गर्ने, ६ महिनाभित्र स्थानीय निकायको चुनाव गर्ने प्रतिबद्ध व्यक्त गर्नुभएको छ। आफ्नो नेतृत्वमा अब बन्ने सरकारले बन्द हड्ताल निरुत्साहित गर्दै राजनीतिक दलहरुबीच सहमति र सहकार्यमा अर्थिक बिकासलाई अगाडी बढाउने उल्लेख गर्नुभयो ।