नेपाली महिला टिमल थाइल्यान्डम भिड्दै

थाइल्यान्डमा हुने एसियाली क्रिकेट परिषद् (एसिसी) महिला प्रिमियर ट्रफी क्रिकेट प्रतियोगितामा नेपाली महिला टिमले पहिलोपटक ४० ओभरको खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । थाइल्यान्डमा सञ्चालन हुने सो प्रतियोगिता अन्तर्गत नेपालले भोलि इरानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । यसअघि नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा २० देखि २५ ओभरसम्मको खेल खेल्दै आएको थियो ।नेपाल, थाइल्यान्ड, चीन, इरान, भुटान र हङकङसहित ६ टोलीले भाग लिएको सो प्रतियोगिता सिङ्गल लिगमा सञ्चालन हुनेछ भने लिगमा शीर्ष स्थान हासिल गर्ने टोलीले उपाधि जित्नेछ । यस्तै, प्रतियोगितामा शीर्ष तीनभित्र रहने टोलीले एसियाली खेलकुद प्रतियोगितामा सहभागितासमेत जनाउन पाउने छन् । नेपालले सन् २००७ देखि महिला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउादै आएपनि हालसम्म उपाधि भने हासिल गर्न सकेको छैन ।