उत्पिडित बस्तीमा आगलागी

२७ माघ, स्याङ्जा–स्याङ्जाको पश्चिमी क्षेत्र तीनदोबाटे गाविस–५ कुसुन्डेमा रहेको उत्पिडितवस्तीमा आगलागी हुदा चार घरपरिवार बिचल्लीमा परेका छन् । आइतवार दिउसो लागेको आगोले चारवटा घर पूर्णरूपमा जलेर नष्ट भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । आगलागीबाट स्थानीय यामबहादुर एस्के, रेशमबहादुर एस्के, विनबहादुर एस्के र टुकबहादुर एस्केको घर पूर्णरूपमा जल्दा २० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।