२७ माघ, काठमाडौं – नेपाली कांगेसका सभापति सुशील कोइराला देशको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आज सोमबार भएको निर्वाचनमा कोइराला निर्वाचित भएका हुन । ब्यवस्थापिका संसदमा भएको निर्वाचनबाट कोइरालाको पक्षमा ४०५ मत खसेको छ भने विपक्षमा १ सय ४८ मत खसेको छ । नेकपा एमाले सहित १० दलको समर्थनमा कोइराला प्रधानमन्त्री भएका हुन् । एकीकृत माओवादी, राप्रपा नेपाल सहित १३ दलले कोइरालाको विपक्षमा मतदान गरेका थिए । संबिधानसभाको दोस्रो ठुलो दल नेकपा एमालसंगको सहमतीपछि कोईराला अत्याधि मतका साथ बहुमतीय प्रकृयाबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसद बैठकमा संविधानसभाबाट निर्वाचित ३० दलका ५ सय ५३ सभासदको उपस्थिति रहेको थियो । ५० बर्षदेखि राजनीतिमा सकृय भएर पनि कुनै लाभको पद नलिएका उनी कोइराला परिवारबाट चौथो प्रधानमन्त्री बनेका हुन । कृष्णप्रसाद भट्टराईपछि दोस्रो अविवाहित सन्त नेता कोईराला यो देशका प्रधानमन्त्री भएका छन् । दोस्रो संविधानसभाको निर्वाचनका लागि गैरदलीय सरकारलाई विदा गर्दै कोइराला प्रधानमन्त्री बनेपछि सत्ताको बागडोर पुन ः राजनीतिक दलकै हातमा पुगेको छ । संसदिय दलका नेता समेत रहेका कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र संविधान बनाउनका लागि सरकारको राम्रो कामको समर्थन र गलतको कामको बिरोध गरिने प्रतिकृया दिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
