संविधानसभा निर्वाचनको मतगणना आज हुदै

मंसिर, ५ काठमान्डौं– संविधानसभा निर्वाचनको मतगणनाको कार्य आजबाट सुरु हुदैछ । अधिकांस क्षेत्रको मतगणना अहिले बिहान ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । अधिकांस मतपेटिका जिल्ला सदरमुकाम ल्याईएको र केहि हिमाली क्षेत्रका मतपेटिका भने आज दिनभरमा सदरमुकाम ल्याईने बताईएको छ । हिमाली र दुर्गम पहाडि क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको र अन्य क्षेत्रमा यातायातका सवारि साधनबाट मतपेटिका ढुवानी गरिएको आयोगले जनाएको छ । हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा मौसमका कारण हिजो हेलिकप्टर मार्फत ढुवानी हुन नसकेका मतपेटिका आज दिउसोसम्म सदरमुकाम आईपुग्ने र त्यस लगत्तै सर्ब दलिय बैठक बसी मतगणना सुरु हुने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले जनाएका छन ।

यता, राजधानिमा काठमाण्डौका दशवटै निर्वाचन क्षेत्रका मतपेटिका गएरातिनै अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा ल्याईएको छ । काडमन्डौं निर्वाचन क्षेत्रको मतगणना भने अहिले ८ बजेपछि सुरु हुने जिल्ला निर्वाचन कार्यालय काडमान्डौंले जनाएको छ । मतगणनाका लागि जिल्लामा सर्बदलिय बैठक बसि मतगणनाबारे छलफल हुने र त्यसपछि मतगणना कार्य सुरु हुने दलहरुले जनाएका छन । त्यस्तै , ललितपुर जिल्लाको मतगणना पनि आज अहिले करिब ९ बजेबाट स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानमा सुरु हुने जनाईएको छ । यता, भक्तपुरको दुवै क्षेत्रका मतपेटिका पनि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेकाले मतगणना आजै बिहानबाट सुरु हुने बताईएको छ । प्रकृया मिलाएर गणना शुरु गर्दा करिब १० बज्न सक्ने निर्वाचन कार्यालयले बताएको छ ।
उता ,नवलपरासिमा पनि मध्यान्ह पछि मतगणना सुरु हुने भएको छ । जिल्लाका ६ ओटै निर्बाचन क्षेत्रका मतपेटिका सदरमुकाम परासिमा पुगिसकेकाले अहिले केहिबेरपछि सर्बदलिय बैठक बसि मध्यान्ह पछि मतगणना सुरु हुने निर्बाचन अधिकृत सुर्य रेग्मिले जानकारी दिए । हिजो सम्पन्न निर्बाचनमा नवलपरासि जिल्लामा झण्डै ८० प्रतिशत मत खसेको अनुमान गरीएको छ । उता , चितवनमा पनि मध्यान्ह १२ बजेबाट मतगणना सुरु हुने जनाईएको छ । संविधानसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ सिटका लागि हिजो मतदान भएको थियो ।
यसैबिच, यसपटकको मतदान निर्वाचन ईतिहासमै सर्वाधिक भएको निर्वाचन समेत आयोगले जनाएको छ । मतदानमा जनताको उल्लेख्य सहभागितामा रहेकाले यसपाली ७० प्रतिशत मत खसेको आयोगको दाबी छ । यसपटकको चुनावमा देशभरबाट १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेका थिए । जसमध्ये ७० प्रतिशत मतदाताले मत खसालेको निर्वाचन आयोगले पा्ररम्भिक अनुमान गरेको छ ।