जित्नेमा आ– आफनै अडकलबाजी

मंसिर, ५ काठमान्डौं– निर्वाचनको मतपरिणाम के होला भनेर अहिले आमजनताको ध्यान संचारमाध्यममा केन्द्रित रहेको छ । हिजो मतदान गरिसकेपछि कुन उम्मेदवार र पार्टिले जित्छ भन्ने कुराको जानकारी पाउन आज बिहानै देखि सर्बसाधारणको ध्यान संचारमाध्यमहरुमा  केन्द्रित भएको हो । त्यस्तै संबिधान भवन नयांवानेश्वर परिसरमा पनि आज बिहानै देखि र्सबसाधारणको भिड लागेको बताईएको छ । संबिधानसभा भवन नयांबानेश्वरमा अन्य दिनको तुलनामा आज बिहानै देखि सर्बसाधरणको चहलपहल पनि बढेको छ ।
सर्बसाधारणमा कुन उम्ेदवार र  पार्टिले जित्ने भनेर अडकलबाजी पनि भैरहेका छन् । संबिधान निमार्णका लागि दोस्रो पटक आफ्नो मताधिकार प्रयोग गरेका सर्बसाधारणमा अहिले कोले जित्ने कोले हार्ने भन्नेबारे निकै कौतहुलता जागेको छ । अघिल्लो संबिधानसभा निर्वाचनबाट देशले संबिधान  नपाएपछि निराश भएका नेपाली जनताले यस पटक नेताहरुले संबिधान दिनेमा ठुलो आस गरि  मतदान गरेको बताएका  छन ।