राजधानीमा जारि यु–१६ फुटलबमा आज नेपाल इराकसाग भिड्दै

असोज ११, काठमान्डौ–  राजधानीमा जारि एएफसी यु–१६ च्याम्पियनसिपको छनौट चरणको खेलमा नेपालले आज इराकको सामना गर्दैछ । बहराइनलाई २ – ० गोलअन्तरले हराउदै प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले बलियो प्रतिद्धन्द्धी इराकसाग पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएका छ । प्रतियोगिता अन्तरगत इराकले पनि तुर्कमेनिस्तानलाई ८ – १ गोलअन्तरले पाखा लगाउदै विजयी सुरुवात गरेको थियो । खेल त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा सााझ ५ बजेदेखि सुरु हुनेछ ।
इराक ३ अङ्कका साथ शीर्ष स्थानमा छ भने समान अङ्क जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ । तुर्कमेनिस्तान र बहराइनले भने अङ्क जोड्न सकेका छैनन् । यसैबिच आजै हुने अर्को खेलमा तुर्कमेनिस्तान र बहराइन भिड्दैछन् । खेल दशरथ रङगशालामा दिउसो २ बजेपछि सुरु हुनेछ ।