लुम्बिनी अञ्चल सम्पर्क कमिटीको भेला

नेकपा एमाले लुम्बिनी अञ्चल सम्पर्क कमिटीद्धारा राजधानीमा बृहत् भेलाको आयोजना गरियो ।
भेलालाई पूर्व शिक्षामन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गंगालाल तुलाधर, कमिटीका अध्यक्ष ठानेश्वर बस्याल, केन्द्रीय सदस्यहरु न्ेत्र पन्थी, ठाकुर गैरेलगायतले सम्बोधन गर्दै मंसिर ४ को निर्वाचन सम्पन्न नभएमा लोकतन्त्र नै खतरामा पर्ने हुादा निर्वाचनलाई जीवनमरणको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
उहााहरुले मंसिर ४ गते निर्वाचन नभएमा राजनैतिक विकृति र संवैधानिक संकट उत्पन्न भई मुलुकको राष्ट््िरयतामा गम्भीर संकट आउनेमा जोड दिादै जनताले सामाजिक र आर्थिक समस्या गम्भीररुपमा भोग्नुपर्ने भएकाले सबै पार्टी निर्वाचनप्रति इमान्दार हुनुपर्ने बताउनुभयो ।
भेलाद्धारा कमिटीका अध्यक्ष ठानेश्वर बस्यालको संयोजकत्वमा ३०५१ सदस्यीय लुम्बिनी अञ्चल निर्वाचन सहयोग कमिटी गठन गरिएको छ । कमिटीका अध्यक्ष बस्यालका अनुसार सहयोग कमिटीको उपसंयोजकमा गोपाल खनाल, सचिवमा सुशील भट्टराई रहने गरी जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क विभागका सदस्यहरु सदस्यकारुपमा रहने छन् ।