बडादशौको टीका लगाउन साइत कुर्न नपर्ने

असोज ११, काठमान्डौ–  नेपालीहरूको महान चाड विजयादशीको अवसरमा लगाइने टीकाका लागि असोज २८ गते सोमबार बिहान ९ बजेर ५७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । उक्त दिन देवी विसर्जन बिहान ९:२५ बजे र तुलजा भवानीको यात्रा बिहान १०:११ बजेको साइतमै गर्नुपर्ने समितिको ठहर छ । सो दिन मान्यजनबाट आशिर्वचनका साथ देवीको प्रसाद ग्रहण गर्ने भएकाले टीका जुनसुकै बेला पनि लगाउन सकिने र शुभ साइतै खोज्नु नपर्ने समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेल बताउनुहुन्छ । घटस्थापना असोज १९ गते शनिबार बिहान ९:५१ बजे र फूलपाती २५ गते शुक्रबार बिहान ९:३१ बजे उत्तम रहेको पनि उहाा उल्लेख गर्नुहुन्छ ।